• २० भदौ २०८३, शनिबार
  • ११ः३० राती

सुरुआतमै दुई विकेट गुमाउँदै दबाबमा पर्‍यो काठमाडौं

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार १२:१६

मंसिर १२, २०८२ काठमाडौं – राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले चितवन राइनोजविरुद्धको खेलमा सुरुवाती चरणमै दुई महत्वपूर्ण विकेट गुमाएको छ।

National Life

तेस्रो क्रमका ब्याटर राशिद खान तेस्रो ओभरको पाँचौँ बलमा ६ रनमै क्याच आउट भए। उनले एक छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर आकाश त्रिपाठी रन आउट हुँदै पवेलियन फर्किए। उनले ५ बलमा १ चौका प्रहार गर्दै विकेट खोसाए।

दुई विकेट पतनपछि अहिले क्रिजमा चौथो क्रमका मिलिन्दकुमार र ओपनर बेन चार्लेसवर्थ खेलिरहेका छन्। काठमाडौंले ४ ओभरमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ।

Classic Tech Desktop

यसअघि टस जितेर चितवन राइनोजका कप्तान कुशल मल्लले बलिङ रोजेका थिए। तीन खेलबाट ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको चितवन आजको खेल जितेर प्लेअफ प्रवेशका सम्भावना मजबुत बनाउन चाहन्छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौं गुर्खाजले चारमध्ये दुई खेलमा जीत निकालेको छ। आजको खेल नजिते प्लेअफ यात्रा कठिन बन्ने देखिन्छ।

प्रतिकृया