• २९ भदौ २०८३, सोमबार
  • २ः२० दिउँसो

हुलाकी राजमार्गअन्तर्गत कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्ध

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०९:१०

मंसिर ११, २०८२ काठमाडौं – झापाको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्ध गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले पप्पु–महादेव–खिम्ती जेभीसँग २०६८ मा गरिएको ठेक्का काम ५६ प्रतिशतमै रोकिएको र पाँचपटक म्याद थप्दा पनि प्रगति नदेखिएको भन्दै ठेक्का तोडिएको जनाएको छ।

National Life

निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने तथा कालोसूचीमा सिफारिस गरिने कार्यालयले बताएको छ। पुलका १९ स्पानमध्ये ८ स्पान मात्र पूरा भएका छन्। स्थानीयको निरन्तर मागपछि मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरी रुग्ण ठेक्का तोड्ने निर्देशन दिएका थिए।

प्रतिकृया