• ४ असोज २०८३, आइतबार
  • १ः५० दिउँसो

एनपीएल खेलको अनधिकृत डिजिटल प्रसारण भए कडा कारबाहीको चेतावनी

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार १२:५२

मंसिर ८, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका खेलहरू अनधिकृत रूपमा डिजिटल माध्यमबाट प्रसारण भए कानूनी कारबाही गर्ने चेतावनी नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले संयुक्त रूपमा दिएका छन्। विज्ञप्तिमार्फत दुवै संस्थाले एनपीएलको ओटीटी तथा डिजिटल प्रसारण अधिकार डिशहोमसँग मात्र रहेको स्पष्ट पारेका छन्।

National Life

क्यानका अनुसार भारतबाहेक सबै देशमा एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई प्रदान गरिएको छ। दर्शकले DishHome Go एपमार्फत लिगका सबै खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स, टेलिग्राम तथा अन्य वेबसाइट वा एपमार्फत हुने कुनै पनि प्रसारण अनधिकृत र गैरकानूनी हुने उल्लेख गर्दै दुवै संस्थाले यस्ता गतिविधि भए कानूनी कारबाहीमा पर्नुपर्ने चेतावनी दिएका छन्। साथै, खेल तथा सामग्रीको अनधिकृत बिक्री–वितरण, पुनःप्रसारण, रेकर्डिङ वा सम्पादनसमेत प्रतिबन्धित गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दर्शक, विज्ञापनदाता र मिडिया साझेदारलाई आधिकारिक प्लेटफर्म DishHome Go वा तोकिएका च्यानलमार्फत मात्र खेल हेर्न आग्रह गरिएको छ। अनधिकृत लिंक प्रयोग गर्दा व्यक्तिगत तथा वित्तीय विवरण चुहिने, साइबर जोखिम बढ्ने सम्भावनाले त्यस्ता माध्यमबाट टाढा रहन सुझाव दिइएको छ।

एनपीएलका खेलहरू अनधिकृत रूपमा प्रसारण वा वितरण भएको थाहा पाएको खण्डमा तुरुन्त क्यान वा डिशहोमलाई जानकारी दिन अनुरोध पनि गरिएको छ।

प्रतिकृया