• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

८ लाख ३७ हजार ९४ थपिए नयाँ मतदाता

प्रकाशित मिति

२०८२ मंसिर ६ गते, शनिबार ११:०७

मंसिर ६, २०८२ काठमाडौं — जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

National Life

निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे आठ लाख नागरिकले नाम दर्ता गराएका हुन्। नयाँ दर्तामा पुरुष मतदाता ४ लाख ७३ हजार ३४५, महिला मतदाता ३ लाख ६३ हजार ७७८ र अन्य ६१ रहेका छन्।

आयोगका अनुसार नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ तथा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणमार्फत ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि कात्तिक १६ सम्म देशभर कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको आयोगले जनाएको थियो।

प्रतिकृया