राष्ट्र बैंकले तीन अर्ब ७६ करोड उपदान–पेन्सन कोष बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
प्रकाशित मिति
२०८२ मंसिर ६ गते, शनिबार ०८:४८
मंसिर ६, २०८२ काठमाडौं — नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै सो रकमको प्रस्तावित व्याजदर उल्लेख गरी आगामी मंसिर ८ गते साँझ ७ बजेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ।
सूचनाअनुसार क वर्गका वाणिज्य बैंकमा तीन अर्ब ८० लाख, ख वर्गका विकास बैंकमा ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ लगानी गरिने जनाएको छ।
लगानीका लागि आवेदन दिने बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा पुगेको, नेपाल राष्ट्र बैंकले तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको तथा निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत भन्दामाथि नपुगेको र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका शर्त पूरा गर्नुपर्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।








प्रतिकृया