• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

देशभर घरजग्गा कारोबार सुस्त, राजस्व संकलन पनि ओरालो

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ०९:४७

मंसिर ५, २०८२ काठमाडौं — देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको छ। कारोबार सुस्त बन्दा मालपोत कार्यालयहरूबाट संकलन हुने राजस्वमा समेत उल्लेख्य ह्रास देखिन थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

National Life

चालु आर्थिक वर्षका पहिलो चार महिनाको तथ्यांकअनुसार घरजग्गा कारोबारसँग सम्बन्धित राजस्व निरन्तर घट्ने क्रममा रहेको छ। सरकारले कारोबारमा सहजीकरणका लागि विभिन्न व्यवस्था लागू गरे पनि अपेक्षित रूपमा राजस्व वृद्धि हुन सकेको छैन। केही दिनअघि सरकारले भू–उपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको भए पनि बजार सक्रिय बन्न सकेको छैन।

विभागका अनुसार गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो । गत साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन गरेको थियो ।

प्रतिकृया