• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

नेकपा–जसपा एकता आज अन्तिम चरण, सहमति ड्राफ्टमा छलफल पूरा

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ०९:३५

मंसिर ५, २०८२ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीचको एकता प्रक्रिया आज अन्तिम चरणमा प्रवेश गर्ने भएको छ। बिहीबार नेकपाको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले एकता सम्बन्धी सहमतिको ड्राफ्ट तयार गरिसकेको छ। ड्राफ्टमा आवश्यक छलफल भइसकेको र आज अन्तिम रूप दिने तयारी भएको नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिए।

National Life

‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं। सहमति पत्रमा छलफल गरेर अन्तिम रूप दिनेसम्म पुग्नु भनेको एकताको प्रक्रिया निष्कर्षतिर पुगेको संकेत हो,’ ज्वालाले भने।

तयार गरिएको सहमतिको मस्यौदामा नेपाली विशेषताको समाजवादलाई क्रान्तिको कार्यदिशा बनाउने, तथा नेकपाले मार्गदर्शक सिद्धान्त मानिरहेको मार्क्सवाद–लेनिनवादमा जसपाको पनि सहमति रहेको उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी पार्टी संगठन सञ्चालनमा जनवादी केन्द्रीयता को सिद्धान्त लागू गर्ने र यसअघि नेकपा (माओवादी केन्द्र), नेकपा एसलगायत विभिन्न कम्युनिस्ट घटकबीच भएको १८ बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्ष एउटै धारमा पुगेका छन्।

एकता प्रक्रियाअंतर्गत जसपाका सबै केन्द्रीय सदस्यहरू स्वतः नेकपाका केन्द्रीय सदस्य बन्ने प्रावधान पनि सहमति ड्राफ्टमा समावेश गरिएको छ। दुवै पार्टीका नेताहरूका अनुसार आज ड्राफ्टलाई अन्तिम रूप दिएपछि एकता औपचारिक घोषणा गर्ने तयारी छ।

प्रतिकृया