• २० असोज २०८३, मंगलबार
  • ८ः०४ बिहान

जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार ०९:२९

मंसिर  ४, २०८२ काठमाडौं – जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा बुधबार साँझ आक्रमण भएको छ। साँझ ६ बजे आफ्नै कार्यालयमा आक्रमण भएको कुरा ढुंगानाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

National Life

ढुंगानाका अनुसार आक्रमणकै क्रममा कार्यालयमा रहेका महिला साथीहरूलाई समेत हातपात गरिएको छ। “हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो। हाम्रा महिला साथिहरूमाथि हातपात भयो,” उनले फेसबुकमा लेखेका छन्, “हामीलाई के गर्न खोज्नुभएको हो?”

आक्रमण कसले र किन गरियो भन्ने विषयमा विस्तृत विवरण खुल्न बाँकी छ। यस घटनापछि सुरक्षाको विषयमा चिन्ता बढेको छ भने संबंधित निकायले छानबिनको अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया