• २० असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालत अवहेलनाको मुद्दा दर्ता

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०२:३९

मंसिर १, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतको आदेश नमानिएको आरोपमा अदालत अवहेलना मुद्दा दर्ता भएको छ। राजदूत फिर्ता बोलाउने सरकारले गरेको निर्णयलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश उल्लङ्घन गरेको भन्दै अधिवक्ता प्रेम सिलवालले दायर गरेको अवहेलना मुद्दा यही मंसिर ७ गते का लागि पेशी तोकिएको छ।

National Life

कार्की नेतृत्वको सरकारले गत असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सरकारको सो कदमविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

तर आदेश जारी भएको भोलिपल्टै प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी थिइन्। परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी कार्कीको निर्देशनपछि केही राजदूतहरू मन्त्रालयमा हाजिर भइसकेको बताइएको छ।

यसै घटनालाई आधार मानेर प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलनाको मुद्दा दायर भएको हो।

प्रतिकृया