• १६ असोज २०८३, शुक्रबार
  • २ः१४ दिउँसो

मधेश प्रदेश: सरकारी कागजात जोगाउँदा कर्मचारी कुटिए

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०२:४०

कात्तिक २४, २०८२ काठमाडौं— मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएसँगै सोमबार आन्दोलित समूहले मुख्यमन्त्री कार्यालयमा कार्यरत केही सरकारी कर्मचारीमाथि कुटपिट गरेका छन्। आन्दोलनकारीहरूले कार्यालय परिसरमा प्रवेश गरी कर्मचारीको टाउकोमा मुक्का प्रहार गर्दै निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

National Life

कुटपिटमा परेका कर्मचारीहरू कार्यालयका सरकारी कागजात र रेकर्ड फाइल सुरक्षित गर्न खोज्दै गर्दा लक्षित बनेका थिए।मुख्यमन्त्री विवादका कारण अहिले मधेश प्रदेशमा स्थिति तनावपूर्ण बनेको छ। आज बिहानै नेकपा एमालेबाहेकका असन्तुष्ट समूहहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रतिकृया