मधेसमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादः कार्यकक्षमा तोडफोड, प्रदेश प्रमुखको राजीनामाको माग
प्रकाशित मिति
२०८२ कार्तिक २४ गते, सोमबार ११:३७
कात्तिक २४, २०८२ जनकपुरधाम — मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विवाद चर्किँदै गएको छ। यही विवादका कारण आज बिहान मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ। स्रोतका अनुसार, नेपाली कांग्रेससहितका सांसदहरूको समूह बिहानै मुख्यमन्त्री कार्यालय पुगेका थिए र उनीहरूले कार्यकक्षभित्र तोडफोड गरेका छन्।
तोडफोडका क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्का सांसदले कुर्सी फालेका थिए। झन्डा फाल्ने व्यक्ति कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह रहेको पुष्टि भएको छ। घटनाबाट कार्यकक्षमा सामान्य क्षति पुगेको जनाइएको छ।
यसैबीच, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ।
उक्त आन्दोलनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सांसद र कार्यकर्ताहरू सहभागी थिए।
उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडिको बोर्ड र गमला तोडफोड गरेका छन्।








प्रतिकृया