• ३१ भदौ २०८३, बुधबार
  • ११ः४७ राती

अमेरिकी सरकारी बन्दको असर : १४ सयभन्दा बढी उडान रद्द, हजारौँ ढिलाइ

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ११:३१

वाशिङ्टन । अमेरिकी सरकारी बन्दका कारण देशभर हवाई सेवा अवरुद्ध हुँदै गएको छ। हवाई ट्राफिक घटाउन संघीय उड्डयन प्रशासन (FAA) ले एयरलाइन्सहरूलाई निर्देशन दिएपछि शनिबारसम्म १४ सयभन्दा बढी उडान रद्द र झन्डै ६ हजार उडान ढिलाइ भएका छन्।

National Life

फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार यो संख्या शुक्रबार ढिलाइ भएका करिब ७ हजार उडानभन्दा केही कम भए पनि परिस्थिती अझै सामान्य हुन सकेको छैन।

सरकारी बन्दका कारण तलब बिना काम गर्न बाध्य हवाई ट्राफिक नियन्त्रकहरूको अभावले देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई क्षमता करिब १० प्रतिशतले घटाइएको FAA ले जनाएको छ। नियन्त्रकहरू बिरामी विदामा जानु वा अन्यत्र रोजगारी खोज्न थालेका कारण सेवा प्रभावित भएको बताइन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी संसदको हाउस अफ कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याटबीच बजेट पारित नहुँदा आर्थिक वर्ष २०२५ को सुरुआतसँगै, अर्थात् अक्टोबर १ देखि, सरकारी बन्द सुरु भएको हो। बन्द जारी रहँदा हवाई यात्रा मात्रै होइन, अन्य संघीय सेवा पनि प्रभावित भएका छन्।

प्रतिकृया