• २० भदौ २०८३, शनिबार
  • ९ः१२ राती

एनएमबी बैंकको नाफा २० प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:२०

कात्तिक २१, २०८२ काठमाडौं— एनएमबी बैंकको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। बैंकले उक्त अवधिमा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशतले कम हो। गत आवको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो।

National Life

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि बैंकको सञ्चालन आम्दानी भने २३.४७ प्रतिशतले बढ्दै ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष १४ अर्ब २६ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ९० अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ।

Classic Tech Desktop

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि ५ रुपैयाँले घटेर १९ रुपैयाँ ९५ पैसा पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

प्रतिकृया