• १३ असोज २०८३, मंगलबार
  • १२ः३७ राती

राष्ट्र बैंकको विदेश लगानी १८ खर्ब नाघ्यो

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार ११:००

कात्तिक १४, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको छ। असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ मात्र थियो।

National Life

राष्ट्र बैंकका अनुसार, विदेशमा गरिएको यो लगानी नै बैंकको मुख्य आम्दानी स्रोत बनेको छ। विदेशबाट आउने रेमिटेन्स र विदेशी मुद्राको भण्डारबाट प्राप्त रकम राष्ट्र बैंकले विदेशी ऋणपत्र र सुरक्षण पत्रहरूमा लगानी गर्ने गर्छ, जसबाट बैंकले उल्लेख्य आम्दानी गर्दै आएको छ।

त्यस्तै, देशभित्र ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद प्रवाह भएको छ। असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ मात्र रहेकोमा चाडपर्वका कारण थप २८ अर्ब रुपैयाँको नगद माग बढेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार पनि २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तमा यो २९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो। राष्ट्र बैंकले हालको आर्थिक स्थायित्व कायम राख्दै विदेशी मुद्राको प्रयोग र लगानीको प्रभावकारी व्यवस्थापनमा ध्यान केन्द्रित गरेको जनाएको छ।

प्रतिकृया