• १ असोज २०८३, बिहीबार
  • २ः०५ दिउँसो

ऊर्जामन्त्री घिसिङ र सचिव सिग्देलद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण

प्रकाशित मिति

२०८२ आश्विन १८ गते, शनिबार ०४:१३

असोज १८, २०८२ काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र सहरी विकास सचिव गोपाल सिग्देलले शनिबार चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन्। काठमाडौं उपत्यकाका सबै प्रमुख नदीहरू एकीकृत भई यही गल्छी हुँदै बाहिरिने भएकाले सो क्षेत्रको जोखिम मूल्यांकन गर्न निरीक्षण गरिएको हो।

National Life

मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती र बागमती नदी कोरिडोर लगायतका स्थानको अवलोकन गर्दै नदी किनारका बस्तीहरूको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिएका छन्।

निरीक्षणका क्रममा उनले नदी आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न आग्रह गरे। हालको अविरल वर्षाले बाढी र डुवानको जोखिम बढेकाले सतर्कता अत्यावश्यक रहेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले नदी किनार र संवेदनशील क्षेत्रमा आवश्यक पूर्वतयारी तथा उद्धार संयन्त्र सक्रिय पार्न निर्देशन दिइसकेको छ।

प्रतिकृया