• १ असोज २०८३, बिहीबार
  • १ः३२ दिउँसो

अविरल वर्षाका कारण आइतबार र सोमबार सार्वजनिक विदा

प्रकाशित मिति

२०८२ आश्विन १८ गते, शनिबार ०४:०८

असोज १८, २०८२ काठमाडौं-  देशभर जारी अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आइतबार (असोज १९) र सोमबार (असोज २०) दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

National Life

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले देशभर भारी वर्षा भइरहेको र दशै मनाउन घर गएका कर्मचारी तथा सरोकारवालाहरू बाटोमै रोकिएकाले असहज अवस्थालाई सहज बनाउन दुई दिन बिदा दिने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार पहिरोका कारण राजमार्गहरू अवरुद्ध छन् भने मौसम पूर्वानुमान महाशाखाले समेत उच्च सतर्कता अपनाउन आग्रह गर्दै अलर्ट जारी गरेको छ। यस्तो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सरकारको आपत्कालीन बैठकले विदाको निर्णय गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्र परिचालन गर्ने र आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय पनि सरकारले गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार राहत, उद्धार र पुनःस्थापना कार्यका लागि स्थानीय प्रशासनलाई विशेष तयारीमा रहन निर्देशन दिइएको छ। मौसममा सुधार नआएसम्म सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरिएको छ।

प्रतिकृया