अविरल वर्षाले अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउने सरकारको निर्देशन
प्रकाशित मिति
२०८२ आश्विन १८ गते, शनिबार ०३:५०
असोज १८, २०८२ काठमाडौं- अविरल वर्षा र पहिरोका कारण विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा बाटोमै अलपत्र परेका यात्रुहरूको अवस्थालाई मध्यनजर गर्दै सरकारले खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ।
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टका अनुसार जिल्ला प्रशासन कार्यालय (सीडीओ) मार्फत स्थानीय प्रशासनलाई आवश्यक खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको हो। “आवश्यक पर्ने सबै खाद्यान्न व्यवस्थाका लागि सीडीओमार्फत जानकारी गराउने निर्णय भएको छ,” भट्टले जानकारी दिए। “केहीबेरमा सूचना पठाउँछौं,” उनले थपे।
हाल देशभर लगातार परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरो र पानीका कारण विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्, जसले गर्दा यात्रुहरू बाटोमै रोकिएका छन्। सरकारको यो निर्णयले संकटमा परेका नागरिकलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।






प्रतिकृया