• १३ असोज २०८३, मंगलबार
  • १ः५० दिउँसो

दसैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुल्ने

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार १२:३५

असोज ९, २०८२ काठमाडौं–  बडादसैँको सार्वजनिक बिदाका दिनहरूमा अध्यागमन विभाग आंशिक रूपमा खुला रहने भएको छ। विभागले विजयादशमीको मुख्य दिन (असोज १६) बाहेकका अन्य दिनहरूमा पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट सेवा उपलब्ध गराउने जनाएको छ।

National Life

अध्यागमन विभागका अधिकृत शिवकुमार अधिकारीले जारी गरेको सूचनामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यी शाखाहरूबाट सेवा दिइने उल्लेख छ।

दसैँको लामो बिदाको अवधिमा विदेशी नागरिक तथा ट्राभल एजेन्सीहरूलाई आवश्यक पर्ने भिसा तथा अन्य सेवा प्रवाहमा सहजीकरण गर्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया