• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

सागर डिस्टिलरीको आईपीओ शुक्रबार बाँडफाँट, २२ लाखभन्दा बढीको हात रित्तो हुने

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार १२:२०

सागर डिस्टिलरीको आईपीओ बाँडफाँटको मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ शुक्रबार नै बिहा बाँडफाँट गर्ने तयारी गरेको हो ।

आईपीओमा २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।

Kamana Sewa

मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । जसमा १ लाख १९ हजार ६४ जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् ।

Classic Tech Desktop

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

प्रतिकृया