• ५ साउन २०८३, मंगलबार
  • १०:४४ बिहान

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार ०८:५७

असोज १, २०८२ काठमाडौं – गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज (असोज १ गते) राष्ट्रिय शोक मनाइँदै छ। भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूको सम्झनामा असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

यसअन्तर्गत आज देशभर सार्वजनिक बिदा दिइएको छ भने सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। सरकारले शोक दिवसलाई दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै आगामी दिनमा यस्ता घटनाबाट बच्न राज्य संयन्त्रलाई संवेदनशील रहनुपर्ने पनि उल्लेख गरेको छ।

Kamana Sewa

प्रतिकृया