• १६ असोज २०८३, शुक्रबार
  • ५ः०० बेलुका

महालक्ष्मी विकास बैंकको पोखरा शाखा क्षतिग्रस्त

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०२:१२

भदौ २९ ,२०८२ काठमाडौं – जेनजी आन्दोलनका कारण देशभर जिउधन र सम्पत्तिमा भएको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दु:ख प्रकट गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

National Life

साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैंकले गरेको छ। विज्ञप्तिमा घटनाक्रमका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दु:ख व्यक्त गरिएको छ। साथै, सुरु भइसकेको सरकार गठन प्रक्रियाले छिट्टै मुलुकलाई सामान्य अवस्थामा फर्काउने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ।

यसैबीच, बैंकको लेकसाइड, पोखरा शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ। उक्त शाखाबाट प्रवाह हुने सेवा भने नजिकका शाखा कार्यालयमार्फत लिन सकिने जानकारी दिइएको छ। लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा सञ्चालन भइरहेका बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया