• २० असोज २०८३, मंगलबार
  • ३ः३४ राती

जेनजी आन्दोलनः मृत्यु हुनेको संख्या ७२ पुग्यो

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार १२:२०

भदौ २९ ,२०८२ काठमाडौं – जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन्। आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको ज्यान गएको मुख्य सचिव अर्यालले बताए। उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

National Life

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध युवाहरू आन्दोलनमा उत्रिएका थिए। त्यसक्रममा प्रहरीले नियन्त्रण प्रयास गर्दा झडप भएका थिए र विभिन्न ठाउँमा आगजनी हुँदा धेरैको मृत्यु भएको थियो।

मृतक सबैको पहिचान हुन सकेको छैन। जलेका स्थानहरू सफा गर्ने क्रममा थप शव फेला पर्ने क्रम जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया