• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ

प्रकाशित मिति

२०८२ भाद्र २८ गते, शनिबार ०८:१७

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनावको सदुपयोग गर्न अपिल गरेका छन्‌ । रक्तपातयुक्त जेन-जी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेका राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन्‌ ।

National Life

‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात्‌ एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ’, पौडेलले अपिलमा लेखेका छन्‌, ‘छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

बडो जुक्तिले प्राप्त अवसर भन्दै राष्ट्रपति पौडेलले यो अवसर सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका हुन्‌ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया