• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

भ्रामक प्रचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार १०:१९

भदौ २७,२०८२ काठमाडौँ – नेपाली सेनाले सामाजिक सञ्जालमार्फत् सेनालाई जोडेर गरिएका भ्रामक तथा झुट्टा प्रचारप्रति विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

National Life

शुक्रबार बिहान जारी गरिएको विज्ञप्तिमा सेनाले हालको परिस्थितिमा सेनाबारे विभिन्न टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सार्वजनिक भइरहेकाबारे उल्लेख गर्दै आफ्नो आधिकारिक सूचना नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् मात्र प्रकाशित हुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूलाई नेपाली सेनाले आग्रह गर्दछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

विहीबार साँझदेखि रातिसम्म सेनाको गतिविधिबारे अनेकौं हल्ला र अफवाह फैलिएको भन्दै सेनाले त्यसको प्रतिवाद स्वरूप यो स्पष्टिकरण जारी गरेको हो । साथै, विश्वसनीय सूचना आदानप्रदानका लागि पृतना हेडक्वार्टरहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था गरिएको र सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको सेनाले जनाएको छ ।

May be an image of ‎text that says '‎नेपालसरकार नेपाल सरकार रक्षा मन्तालय नेपा 半 ש 東 टेलिफोन टेदिफोन:-४९७ष४्न न.:- ४९७९४জ ईमेल dte-dpr@nepalarmy.mil.np सধी सुबवा Ratpene ਕहहा सि.नं. जनसम्पर्क तथा सूचना निर्देशनालय जह्दी अड्डा काठमाडी, नेपाल ٤ن क्ेत्र/जिल्ला मोबाईल नम्वर उत्तर पशचिम क्षेत्र (बांकि, बर्दिया, सुरखेंत, दैलेख, जाजरकोट. कालीकोट, जुम्ला, ९६६३०२९१७७ डोल्पा, मुगु र हुम्ला) सुदूर पशचिम क्षेत् (कैलाली, कबनपुर डडेलघुरा, डो्टी, अद्धाम, वाजुरा, वैतडी, ९७६२३०६४६१ दार्चलार बझा्र) उपत्यका क्षेत्र (काठमाडी भक्तपुर, ललितपुर, कामेपलानोक सिन्धुपालयोक) 9ಂ ル心‎'‎

प्रतिकृया