• १३ असोज २०८३, मंगलबार
  • १ः४८ राती

नख्खु कारागारबाटै रवि लामिछानेद्वारा जेनजी प्रदर्शनलाई ऐक्यबद्धता

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ११:१३

भदौ २३,२०८२ काठमाडौं – नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी पुस्ताले सुरु गर्न लागेको भ्रष्टाचार र बेथितिविरोधी प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।

National Life

लामिछानेले कारागारबाट विज्ञप्ति जारी गर्दै सोमबारदेखि सुरु हुने प्रदर्शनमा युवाहरूको विवेक र आवेगसँगै देशको इतिहास बदल्ने शक्ति रहेको टिप्पणी गरेका छन् । उनले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरिएको निर्णयको कडा आलोचना गर्दै यो कदमले नागरिकको स्वतन्त्रतामाथि धावा बोलेको बताएका छन् ।

“सत्ता र शक्तिको नशामा मग्न शासकहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,” विज्ञप्तिमा उल्लेख छ । उनले जेनजीको पहिलो दिनको प्रदर्शनलाई नयाँ इतिहासको सुरुवातका रूपमा चित्रण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यद्यपि लामिछानेले आन्दोलनमा घुसपैठ हुनसक्ने चेतावनी दिँदै सहभागीहरूलाई विवेकपूर्वक अघि बढ्न आग्रह गरेका छन् । “उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस् । तपाईंको इतिहास तपाईंले नै लेख्दै हुनुहुन्छ,” उनले भनेका छन् ।

प्रतिकृया