• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

किसानको अनुदान मल लुकाएर राख्ने व्यापारी पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०१:२८

भदौ १८,२०८२ काठमाडौं – सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदान मल लुकाएर आफ्नै गोदाममा भण्डारण गर्ने उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी पक्राउ परेका छन्।

National Life

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर चौधरीविरुद्ध अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले भदौ १२ मा अनुगमन गर्दा चौधरीको गोदाममा उक्त अनुदान मल फेला परेको थियो। अवैध तरिकाले लुकाइएको मल शिलबन्दी गरी अनुसन्धान सुरु गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वदलीय छलफलपछि फेला परेको १७५ बोरा मल वडानम्बर १ देखि ७ सम्म वितरण गरिने निर्णय भएको छ। नगरपालिकाले किसानलाई प्रत्येक बोरा मलको मूल्य एक हजार रुपैयाँमा वितरण गर्ने र रकम राजस्व खातामा जम्मा गरिने जनाएको छ।

प्रतिकृया