• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, कर्मचारी नगदसहित नियन्त्रणमा

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ०१:१७

भदौ १८,२०८२ काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिहान मालपोत कार्यालय काभ्रेमा छापा मार्दै मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।

अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टोली मालपोत कार्यालय पुगेको र थप विवरण आयोगमा आएपछि मात्र सार्वजनिक गरिनेछ।

Kamana Sewa

भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया