• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

राष्ट्र बैंक आज ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

प्रकाशित मिति

२०८२ भाद्र १८ गते, बुधबार ११:५०

भदौ १८,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढी तरलता भएको भन्दै आज (भदौ १८ गते) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरण प्रयोग गरेर दिउँसो ३ बजे बोलकबोलमार्फत रकम तानिनेछ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

Kamana Sewa

यो निक्षेप संकलन २५ दिनका लागि हुने र असोज १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया