• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

सुनको मूल्यमा आज नयाँ रेकर्ड, तोलामा २ लाख नाध्यो

प्रकाशित मिति

२०८२ भाद्र १३ गते, शुक्रबार ११:३४

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शक्रबार सुन तोलामा २ लाख  ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य एक लाख ९९ हजार ४०० रुपैयाँ थियो ।

Kamana Sewa

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Classic Tech Desktop

आज दश ग्राम सुनको मूल्य एक लाख ७१ हजार ९८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार २३ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिकृया