• २० असोज २०८३, मंगलबार
  • ११ः१५ राती

प्रचण्ड र विप्लवबीच किन गरे हरिसिद्धिमा भेटवार्ता ?

प्रकाशित मिति

२०८२ भाद्र ९ गते, सोमबार ११:३८

भदौ ९,२०८२ काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार बिहान हरिसिद्धिमा भेटवार्ता भएको छ।

National Life

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बिहान १० बजेबाट सुरु भएको छलफल अहिले पनि जारी छ। दुई नेताबीचको यो भेटवार्ता माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा बीचको सम्भावित पार्टी एकता सन्दर्भमा केन्द्रित रहेको बताइएको छ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। यद्यपि, विप्लव नेतृत्वको नेकपाले एकताको आधार स्पष्ट गर्न आग्रह गर्दै आएको छ। यही विषयमा स्पष्टता ल्याउने उद्देश्यसहित दुई नेताबीच प्रत्यक्ष भेटवार्ता भएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टी एकता सम्भावनाले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ बहसको सुरुवात गराएको छ। दुबै पक्षबाट सकारात्मक संकेतहरू आए पनि औपचारिक समझदारीमा पुग्न बाँकी रहेको बताइएको छ।

प्रतिकृया