• २० असोज २०८३, मंगलबार
  • ११ः१४ राती

सभापति देउद्वारा किन बोलाए पदाधिकारी बैठक ?

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार ०५:२८

भदौ ८,२०८२ काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान १० बजे बुढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन्।

National Life

बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार चयन र उपसभामुख इन्दिरा रानामगरमाथि पदीय आचरणविपरीत कार्य गरेको आरोपमा एमाले सांसदहरूद्वारा भइरहेको हस्ताक्षर संकलनबारे छलफल हुने बताइएको छ।

सभापति रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ। प्रतिनिधिसभा नियमावली अनुसार १५ दिनभित्र निर्वाचन गर्नुपर्ने भएकाले संघीय संसद् सचिवालयले आज कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसबारे पार्टीभित्र मतभेद देखिएपछि देउवाले बैठक आह्वान गरेका हुन्।

प्रतिकृया