• २० असोज २०८३, मंगलबार
  • ११ः५३ राती

आन्तरिक राजस्व कार्यालय भद्रपुरले साउनमा ३०.५ करोड राजस्व सङ्कलन

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार १०:५४

भदौ ५,२०८२ काठमाडौं – आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो चालु आवको वार्षिक लक्ष्यको ६.८५ प्रतिशत हो।

National Life

कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी डोरराज सुनुवारले जानकारी दिए। उनले बताए अनुसार, साउन महिनाको लक्ष्य ३८ करोड ३ लाख ९१ हजार रहेकोमा ८०.२३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ।

सङ्कलित राजस्वमा आयकरबाट ७ करोड ८३ लाख ६२ हजार, ब्याजबापत १ करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाट १४ करोड ४५ हजार, र अन्तःशुल्कबाट ६ करोड ८३ लाख ७० हजार रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गत आव २०८१-८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो।

प्रतिकृया