• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

नाडा अटो शोमा प्रचण्ड, ‘उड्ने कार’ मा चढेर अवलोकन

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार ०५:१४

भदौ ४,२०८२ काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन्।

National Life

नेपालकै सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिने ‘नाडा अटो शो’ मा प्रचण्डले विभिन्न आधुनिक सवारीसाधनहरू अवलोकन गर्नुका साथै दुई सिटे ‘उड्ने कार’ मा समेत चढेका थिए। प्रदर्शनीमा करिब दुई करोड २० लाख रुपैयाँ मूल्य पर्ने लक्जरी कारदेखि अत्याधुनिक उड्ने कारसम्म प्रदर्शनमा राखिएका छन्।

सो अवसरमा प्रदर्शनी स्थलमा राखिएको रोबोटले प्रचण्डलाई स्वागत गरेको थियो। आयोजकका अनुसार यस वर्षको अटो शोमा नयाँ प्रविधि र भविष्यका सवारी साधनमा जोड दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया