• २० असोज २०८३, मंगलबार
  • ११ः५२ राती

अर्थ मन्त्रालयका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार ०३:१७

भदौ ४,२०८२ काठमाडौं – अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय तथा मातहतका सबै कर्मचारीलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन दिएको छ।

National Life

मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रअनुसार भ्रष्टाचार निवारणसम्बन्धी ऐन बमोजिम प्रत्येक सरकारी कर्मचारीले हरेक आर्थिक वर्षमा सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै यस वर्ष भदौ महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

यस वर्षदेखि सम्पत्ति विवरण अनलाइन प्रणालीमार्फत अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। अनलाइनमा विवरण अद्यावधिक गरेपछि हार्डकपी समेत अनिवार्य रूपमा राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।मन्त्रालयले तोकिएको समयसीमा भित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया