• २० असोज २०८३, मंगलबार
  • ११ः५२ राती

सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षामा कडाइ, अवैध आवतजावत र तस्करी रोक्न निर्देशन

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ०५:३२

भदौ ३,२०८२ काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी, तस्करी र अवैध आवतजावत रोक्न थप कडाइ गर्न निर्देशन दिएका छन्।

National Life

मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सम्बोधन गर्दै उनले जवाफदेही र जिम्मेवार बन्न र चेन अफ कमाण्ड कायम राख्न मातहत कमाण्डरहरुको उत्तिकै भूमिका हुने बताए।

आईजीपी अर्यालले अवैध तस्करी नियन्त्रणमा मुख्यालयले निगरानी गरिरहेको बताउँदै, कुनै कमीकमजोरी देखिएमा सम्बन्धित कमाण्डर छानबिन र कारवाहीको भागिदार हुने चेतावनीसमेत दिएका छन्। उनले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले आचरण विपरित काम नगर्ने र शंकास्पद व्यक्तिको निगरानी गर्न चनाखो रहन निर्देशन दिए।

Classic Tech Mobile
Classic Tech Desktop

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले पनि सीमा क्षेत्रका कमाण्डरहरुलाई सरोकारवाला निकाय र स्थानीय बासिन्दासँग समन्वय गर्दै सीमा अपराध रोकथाममा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए।

कार्यक्रममा सीमा क्षेत्रमा भइरहेको कामकारवाही, चुनौती र भविष्यका योजना सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो। आईजीपी अर्यालले प्रत्येक कमाण्डरले जटिल परिस्थितिमा सही निर्णय लिन सक्नुपर्नेमा जोड दिँदै संगठन र मुलुकको हितमा संवेदनशील बन्न आग्रह गरे।

प्रतिकृया