• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

ऊर्जा मन्त्री खड्काद्वारा २४ घण्टा अविच्छिन्न विद्युत आपूर्तिको लागि प्राधिकरणलाई निर्देशन

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०६:०८

भदौ १,२०८२ काठमाडौं—ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणलाई २४ घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो विद्युत आपूर्ति गर्ने संस्थामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

National Life

आइतबार काठमाडौंमा आयोजित प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा र विद्युतलाई अक्सिजन सरह अपरिहार्य भएको उल्लेख गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत चुहावट न्यूनिकरण गर्न निर्देशन दिए।

मन्त्री खड्काले गरिब तथा विपन्न वर्गलाई विना धितो जलविद्युतको सेयर उपलब्ध गराएर आर्थिक अवस्था सुधार गर्ने योजना अघि सारे। साथै, लामो समयदेखि असुल नगरिएको डेडिकेटेड र ट्रंकलाइनको वक्यौता तत्काल उठाउनुपर्ने आवश्यकता पनि औंल्याए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार ऊर्जा क्षेत्रमा भएको प्रगति मुलुकको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण छ, त्यसैले प्राधिकरणले जिम्मेवार र उत्तरदायी ढंगले काम गर्दै २४ घण्टा विद्युत आपूर्ति गर्ने क्षमताको विकास गर्नुपर्नेछ।

समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले सबै घरधुरीमा विद्युत पुर्याउनुपर्ने आवश्यकता औंल्याए भने विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण र वितरण प्रणाली सबल बनाउनुपर्ने बताए।

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले पीपीए रोक्ने र आरसिओडी म्याद नथप्ने नीतिले सरकारको लक्ष्य प्रभावित हुने चेतावनी दिए।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेश शाक्यले आगामी वर्ष काठमाडौं उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मीटर जडान सुरु हुने र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था हुने जानकारी दिए।

कार्यक्रममा उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको र उत्कृष्ट कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो।

प्रतिकृया