• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

विदेश जाने यात्रुलाई अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुन निर्देशन

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०२:३५

भदौ १,२०८२ काठमाडौं— विदेश जाने यात्रुहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा अब कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्ने भएको छ।

National Life

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अन्तिम समयमा यात्रुको चाप बढ्दा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भएकाले यस्तो व्यवस्था लागू गरिएको हो। विशेषगरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरूको हकमा समस्या देखिएको उनले बताए।

यसै विषयमा शुक्रबार अध्यागमन विभागले विमानस्थलमा खटिने एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायसँग छलफल गरेर निर्णय गरेको हो। रातिको समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले नागरिक उड्डयन प्राधिकरणलाई उडान तालिका लचिलो बनाउन आग्रह गरिएको पनि विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि अध्यागमन कर्मचारीको संलग्नतामा संगठित गिरोहले भिजिट भिसामा असुली गरेर नेपाली युवालाई विदेश पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ। सो प्रकरणमा तत्कालीन विमानस्थल प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि नयाँ सहसचिवलाई नेतृत्वमा ल्याइएको हो।

प्रतिकृया