• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

प्रधानमन्त्री ओलीको भारत भ्रमणको निम्तो दिन काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ११:१९

भदौ १,२०८२ काठमाडौं—भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन्।

उनको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणका तयारीसँग सम्बन्धित रहेको बताइएको छ।नेपालमा रहँदा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

Kamana Sewa

प्रतिकृया