• २१ असोज २०८३, बुधबार
  • १२ः२७ राती

बागमती मन्त्रिपरिषद् विस्तार: नयाँ मन्त्री र उनीहरूको मन्त्रालय (सूचीसहित)

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ०४:१२

श्रावण ३०,२०८२ काठमाडौं—बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच नयाँ मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। सबै नयाँ मन्त्रीहरू नेपाली कांग्रेसबाट रहेका छन्।

National Life

यसअघि मुख्यमन्त्री बानियाँले आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए, जसमा कांग्रेसका ३ र सत्ता साझेदार नेकपा एमालेका ६ मन्त्री थिए। नयाँ नियुक्तीसँगै १४ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् पूर्ण भएको हो।

नयाँ मन्त्रीहरूको शपथ केहीबेरमै हुने तयारी छ। साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो बन्यो बागमती सरकार

१. इन्द्रबहादुर बानियाँ– मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)

२ मधुसूधन पौडेल– मन्त्री (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

३ शिवराज अधिकारी– मन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्रालय)

४ किरण थापामगर– मन्त्री (स्वास्थ्य मन्त्रालय)

५ उर्मिला नेपाल– मन्त्री (युवा तथा खेलकुद मन्त्रालय)

६ कन्चन चन्द्र वादे– मन्त्री (सामाजिक विकास मन्त्रालय)

७ डा दिनेशचन्द्र देवकोटा– मन्त्री (भौतिक पूर्वाधार विकास मन्त्रालय)

८ प्रभात तामाङ– मन्त्री (आर्थिक मामिला तथा योजना मन्त्रालय)

९ भरतबहादुर केसी– मन्त्री (वन तथा वातावरण मन्त्रालय)

१० सुरेश श्रेष्ठ– मन्त्री (संस्कृति तथा पर्यटन मन्त्रालय)

११ जयराम थापा– मन्त्री (श्रम, रोजगार तथा यातायात मन्त्रालय)

१२ कृष्णकुमार तामाङ– मन्त्री (खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय)

१३ विन्दु श्रेष्ठ– मन्त्री (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय)

१४ विनु रायमाझी पौडेल– मन्त्री (सहकारी तथा गरिबी निवारण मन्त्रालय)

प्रतिकृया