बागमतीका पाँच प्रदेश सचिवको एकैपटक सरुवा, चार नयाँ सचिव आए
प्रकाशित मिति
२०८२ श्रावण २९ गते, बिहीबार ०९:२४
श्रावण २९,२०८२ काठमाडौं —संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ। गत सोमबार २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गर्दा बागमतीका पाँच जना पनि सूचिमा परेका हुन्।
बागमतीबाट सरुवा भएका पाँचमध्ये चार जनालाई मात्र अन्यत्र पठाइएको छ। बागमती प्रदेशमा हाल कार्यरत् आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीको सरुवा भएकका छन् । उनी सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठको राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सरुवा भएका छन् ।सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुंवरको गृह मन्त्रालयमा सरुवा भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव उदयबहादुर रानामगरको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य सरुवा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश पुगेका छन् । यसैगरी, सरकारले अन्य प्रदेश र संघ सरकार मातहतका कार्यालयमा कार्यरत् चार जना सहसचिवलाई बागमती प्रदेश सचिवको रुपमा सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव इन्द्रदेव भट्टको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंबाट पार्वती शर्मा र लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।
।








प्रतिकृया