• २१ असोज २०८३, बुधबार
  • १ः०८ राती

निकिता पौडेलको आरोप : गृहमन्त्रीले न्यायाधीशलाई धम्क्याए

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०१:०६

श्रावण २८,२०८२ काठमाडौं — भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि अदालतमा चलिरहेको मुद्दामा हस्तक्षेप गरेको आरोप लगाएकी छिन्।

National Life

पौडेलले अदालतको आदेश समेत मन्त्रीको निर्देशनमा रोकिएको, उजुरीको ड्राफ्ट मन्त्रीको कार्यकक्षमै तयार भएको र न्यायाधीशलाई धम्क्याउने प्रयास भएको दाबी गरेकी छन्। स्टाटसमा उनले प्रधानमन्त्री, कानुन मन्त्री र गृहमन्त्रीको सिधा फोन जाने र न्यायाधीश सरुवा–बढुवामा दबाब पर्ने कुरा समेत उल्लेख गरेकी छन्।

उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने तयारी गर्दै निकिताले न्यायको लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया