• १६ असोज २०८३, शुक्रबार
  • १ः२७ राती

सानिमा बैंकको नाफा प्रतिशत बढ्यो, प्रमुख सूचकांकहरू उकालो

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ०९:४४

श्रावण २६,२०८२काठमाडौं– सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आवको तुलनामा गत आव बैंकको खुद नाफा ७.२५ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

National Life

अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आवको असार अन्त्यसम्म २ अर्ब ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) पनि १७.६५ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ, र रिजर्भ कोषमा ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ। बैंकले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिएर १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गर्नाका साथै २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

अघिल्लो वर्ष १.७२ प्रतिशतमा रहेको खराब कर्जा (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ पुगेको छ।

प्रतिकृया