• १६ असोज २०८३, शुक्रबार
  • १०ः१३ बिहान

महालक्ष्मी बैंकका चार कर्मचारी करिब तीन करोड हिनामिनामा पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ०९:२८

श्रावण २६,२०८२ दार्चुला — महालक्ष्मी बैंकको गोकुलेश्वर शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिनाको आरोपमा पूर्व शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ परेका छन्।

National Life

पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक सागर शाही (३५, कैलाली), नगद विभागकी निर्मला साउद (२९, दार्चुला), ग्राहक सहायता कक्षका अम्बादत्त पन्त (२८, बैतडी) र कर्जा विभागका धनन्जय पन्त (३१, दार्चुला) रहेका छन्।

उनीहरूले मिलेमतोमा बैंकको भल्टमा रहेको नगद गैरकानुनी रूपमा भुक्तानी लिएर करिब २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा नोक्सानी पुर्‍याएको आरोप छ।

Classic Tech Mobile
Classic Tech Desktop

जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया