• २१ असोज २०८३, बुधबार
  • २ः३३ राती

भृकुटीमण्डपमा तीन वर्षभित्र अत्याधुनिक प्रदर्शनी हल निर्माण हुने: अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ११:१६

श्रावण २१ ,२०८२ काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको भृकुटीमण्डपमा आगामी तीन वर्षभित्र आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने घोषणा गरेका छन्। बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को उद्घाटन गर्दै उनले आम उद्योगी व्यवसायीको आवश्यकता र समस्यालाई ध्यानमा राखी अत्यन्तै आकर्षक र सुविधा सम्पन्न प्रदर्शनी हल निर्माण गरिने बताएका हुन्।

National Life

“भृकुटीमण्डपमा अहिले रहेका संरचना हटाएर भव्य हल बनाइनेछ,” अर्थमन्त्री पौडेलले भने, “बजेटमा बोल्नका लागि मात्र नभई कार्यान्वयनका लागि नीति ल्याइएको हो।” उनले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि उक्त योजनालाई प्राथमिकतासाथ समावेश गरिएको उल्लेख गरे। प्रदर्शनी र व्यावसायिक गतिविधिको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यो योजना अगाडि सारिएको हो।

प्रतिकृया