• ५ साउन २०८३, मंगलबार
  • ८:३१ बेलुका

म्याग्दीको गुर्जाखानी आसपास भूकम्प

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ०३:२२

श्रावण २०,२०८२ काठमाडौं  म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार दिउँसो १ बजेर ३ मिनेट जाँदा ४.५ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु म्याग्दीको गुर्जाखानी आसपास रहेको जनाइएको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण आइसकेको छैन।

Kamana Sewa

प्रतिकृया