• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

प्रचण्डको घोषणा : “फेरि एकचोटि नयाँ विद्रोहको तयारीमा छु”

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०१:१०

श्रावण १८, २०८२ काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन्।

National Life

दोलखाको बोत्ले हत्याकाण्डको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू नयाँ विद्रोहको तयारीमा रहेको स्पष्ट पारे। “एकचोटि फेरि क्रान्ति आवश्यक छ। प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न नयाँ विद्रोह आवश्यक छ,” उनले भने, “यो मेरो प्रतिबद्धता हो र म यसको तयारीमा छु।”

उनले मध्यपहाडी क्षेत्रको यात्रामा निस्कने तयारी भइरहेको समेत जनाए। “हामी चाँडै मध्यपहाडी यात्रा सुरु गर्छौं। शहीद परिवारका घरमा पुग्दैछौं, उनीहरूको दुःखसुख बुझ्दैछौं र हाम्रो वर्गसँग पुनः जोडिँदैछौं,” प्रचण्डले भने। पूर्व प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्री भएको बेला जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्ने निर्णय गरे पनि अदालतबाट त्यो निर्णय रोकिएको गुनासो गरे।

Classic Tech Mobile
Classic Tech Desktop

२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस–१ स्थित बोत्लेमा १५ जना माओवादी कार्यकर्ता सुरक्षाफौजको कारबाहीमा मारिएका थिए। त्यस दिनलाई माओवादी केन्द्रले ‘बोत्ले हत्याकाण्ड’को रूपमा स्मरण गर्दै आएको छ। सो अवसरमा पूर्वमन्त्री विशाल खड्काले शहीदहरूको बलिदानलाई सम्झिँदै वर्तमान राजनीतिक अवस्थासँग पुनः जोडिनुपर्ने आवश्यकता औँल्याए।

प्रतिकृया