• २३ भदौ २०८३, मंगलबार
  • १०ः५९ बिहान

केपी ओलीको दम्भले कम्युनिष्ट आन्दोलन समाप्त हुने मोडमा: अध्यक्ष माधव नेपाल

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार १२:२७

श्रावण १६ , २०८२ काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा हाल देखिएको आन्तरिक विवाद र अध्यक्ष केपी शर्मा ओलीको दम्भले नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुने मोडमा पुगेको बताएका छन्।

National Life

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेमा चलिरहेको घटनाक्रमलाई “तमासा” भन्दै त्यसले कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए। “एमालेमा अहिले जुन खालको तमासा चलिरहेको छ, त्यसले नेपालको कम्युनिष्ट आन्दोलन सक्छ,” अध्यक्ष नेपालले भने, “यसमा अध्यक्ष ओली लागिपर्नुभएको छ।”

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेभित्र सक्रिय हुन रोक्ने प्रयासलाई उनले “तमासा” को संज्ञा दिँदै त्यस्तो निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलनको अस्तित्व नै संकटमा पार्ने चेतावनी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिहरूलाई राजनीतिमा सक्रिय हुन संविधान वा कानुनले रोक्न नसक्ने उल्लेख गरे। साथसाथै, वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ नगरेसम्म मुलुकको पीडाबाट मुक्त हुन नसक्ने उनको भनाइ थियो

प्रतिकृया