• २३ भदौ २०८३, मंगलबार
  • १२ः०९ दिउँसो

सरुवा भएर पनि हाजिर नभएका कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे उर्दी (सूचीसहित)

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार १२:११

श्रावण १६ , २०८२ काठमाडौं गृह मन्त्रालयले सरुवा/पदस्थापन भइसकेपछि पनि तोकिएको कार्यालयमा एक महिनासम्म नहाजिर भएका कर्मचारीहरूलाई २४ घण्टे उर्दी जारी गरेको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बालाई २४ घण्टे भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको हो।

National Life

मन्त्रालयले आज आफ्नो वेभ पोर्टलमार्फत सम्बन्धित कर्मचारीहरूको नाम सार्वजनिक गर्दै उर्दी जारी गरेको छ। हाजिर नभएका मध्ये १ जना शाखा अधिकृतको सरुवा गत असार १६ गते, ७ जनाको असार १८ गते र १० जनाको साउन ७ गते गरिएको थियो। त्यसैगरी, साउन १८ गते पदस्थापन गरिएका ५ जना नायब सुब्बा पनि अहिलेसम्म हाजिर नभएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तोकिएको समयसीमा भित्र हाजिर नभएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया