• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

२ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार ०३:०३

श्रावण ६ ,२०८२ काठमाडौं । ठमेलस्थित एक होटलबाट २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।

उनीहरूलाई सोमबार साँझ ठमेलस्थित ज्याठा क्षेत्रको ‘चिनियाँ नामको होटल’ बाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट ठुलो परिमाणमा अवैध सुन र नगद फेला पारेपछि थप अनुसन्धान अगाडि बढाएको छ।

Kamana Sewa

प्रहरीका अनुसार उनीहरू नेपालमा बसेर गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा निगरानीमा राखिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले सुनको स्रोत र नगद रकमको वैधानिकता पुष्टि गर्न नसकेको प्रहरीको भनाइ छ।

Classic Tech Desktop

प्रतिकृया