• ४ साउन २०८३, सोमबार
  • ३:५४ बिहान

एमाले केन्द्रीय कमिटी बैठक आज सकिंदै

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार ०९:५०

श्रावण ६ ,२०८२ काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको बैठकमा आज बाँकी सदस्यहरूले तीन-तीन मिनेटको समय पाउनेगरी विचार प्रस्तुत गर्नेछन्।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा गण्डकी, मधेस प्रदेश र सम्पर्क समन्वय कमिटी प्रतिनिधित्व गर्ने ४९ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए। बैठकमा पार्टी सचिवालय र पोलिटब्युरोले पारित गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल भइरहेको छ।

Kamana Sewa

गौतमका अनुसार सचिवालय र पोलिटब्युरो सदस्यहरूले आ-आफ्नो धारणा पहिले नै राखिसकेकाले उनीहरूलाई पुनः समय दिइएको छैन। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता, समसामयिक राजनीतिक परिस्थिति र सरकारको एक वर्षे कार्यकालबारे जानकारी गराएका थिए।

Classic Tech Desktop

यस्तै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै पार्टीको सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको जानकारी दिएका थिए। आजको बैठकमा लिखित रूपमा धारणा तयार गरेका कतिपय केन्द्रीय सदस्यले पनि आफ्नो प्रस्तुति राख्ने तयारी गरेका छन्। बैठक अझै केही दिन चल्ने अनुमान गरिएको छ।

प्रतिकृया